चीनमा ११ सय फिट अग्लो भवन हल्लियो, भूकम्प र आँधी नभएको पुष्टि, जग पनि यथावत्
सीएनएन। चीनको शेनजेनमा ११ सय फिट अग्लो भवन मंगलबार दिउँसो अचानक हल्लिएपछि हजारौं मानिसहरू त्यहाँबाट भागेका छन्। चिनियाँ सामाजिक सञ्जालमा भाइरल भिडियोमा भवन ढल्कन थालेपछि मानिसहरू भागाभाग भएको देखिएको छ। सो समयमा त्यहाँ कुनै भूकम्प वा तुफान नआएको बताइएको छ। घटनाको अनुसन्धानमा अधिकारीहरूले भवनको जगतथा अन्य संरचनामा केही नभएको पनि जनाएको छ।
प्रतिक्रिया दिनुहोस्