निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ८३९ जना होल्डमा
काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ८३९ जनालाई प्रहरीले होल्डमा राखी सम्झाई बुझाई छोडेको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ। सोही क्रममा एक हजार ५२४ वटा गाडी र ३ हजार ९६६ वटा मोटरसाइकल गरी ५ हजार ४९० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस्