ताउ–तेको प्रभावका कारण देशभर मौसम बदली हुने
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ–तेका कारण आज भने देशभर मौसम बदलीको सम्भावना रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश–१, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षाका सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्