तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु ताप्लेजुङ। तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा लडेर बाराको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्