इजरायल–प्यालेस्टाइन संघर्षः हमास नेताले भने– एकदुई दिनमा संघर्षविराम बीबीसी। प्यालेस्टाइन चरमपन्थी समूह हमासका एक वरिष्ठ नेताले एक–दुई दिन भित्र इजरायल र प्यालेस्टाइनबीच संघर्षविरामको सम्भावना रहेको बताएका छन्। नाम नबताउने सर्तमा उनले संघर्षविरामका विषयमा दुवै पक्षबीच छलफल चलिरहेको बताए। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने जबसम्म इजरायली जनताको शान्ति तथा सुरक्षाको सुनिश्चित हुँदैन तबसम्म संघर्ष चल्ने बताएका छन्। इजरायल र प्यालेस्टाइनबीच ११ दिन देखि संघर्ष चलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्