‘नेपाल भ्रमण वर्ष- २०२०’ को शुभारम्भ आज
काठमाडौं।  ‘नेपाल भ्रमण वर्ष- २०२०’ आजदेखि शुरू हुँदैछ।

काठमाडौँको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको उद्घाटनस्थल रंगशालामा १५ पुस साँझ पूर्वाभ्याससमेत गरिएको थियो।

उद्घाटन समारोहलाई विशेष बनाउन सबै तयारी गरिएको सचिवालयले जनाएको छ।

आज अपराह्न ४ बजेदेखि शुरू हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ। सहभागी पाहुनाको स्वागत ‘सेलिब्रेटी’ बाट गरिनेछ।

नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ।

बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने छन्।

उद्घाटन समारोहमै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ।

भ्रमण वर्षको ‘यति मस्कट’ को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रमको तालिका बनाइएको छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को उद्घाटन समारोहमा सहभागी हुन विदेशी पाहुना काठमाडौं आइसकेका छन्।

भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौं आइपुगेका हुन्।

भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि पनि आएको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्