भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा पर्दै

काठमाडौं। भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी आफैं पनि इमान्दार र नैतिकवान छैनन्।

आयोगमा कार्यरत अवस्थामै तथा अन्य कार्यालयमा सरुवा भएपछि उनीहरू आफैं अनियमिततामा संलग्न हुने गर्दछन्।

आयोगका तल्लो तहका कर्मचारीदेखि प्रमुख आयुक्तसम्मम भ्रटाचारको छानबिनमा तानिएका छन्।

आयोगमा सहायक प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका उपसचिव खगेन्द्रप्रसाद रिजाल १५ पुसमा आयोगकै हिरासतमा पुगेका छन्।

दोलखाका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा अभद्र व्यवहार मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न उनीहरूसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्न आयोगले उनलाई नियन्त्रणमा लिएको हो।

गत १२ चैतमा अख्तियारले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुछ मुद्दा दायर गर्‍यो।

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता मिलाउन ७८ लाख रूपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

घुसकाण्ड सार्वजनिक भएलगत्तै पाठकले ३ फागुनमा राजीनामा दिए।

गत वर्ष २० असोजमा महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई एक लाख ४० हजार रूपैयाँ घुससहित पक्राउ गरिएको आरोपमा २८ कात्तिक २०७५ मा विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

त्यस्तै गत ३ चैतमा अख्तियारले आफ्नै कर्मचारीविरुद्ध मुद्दा दायर गर्‍यो।

आयोगको सुर्खेतस्थित कार्यलयका प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले आयोगमा अनुसन्धानको क्रममा रहेको मुद्दा तामेलीमा राखिदिने भन्दै एक लाख रूपैयाँ घुस मागेको प्रमाण अख्तियार टोलीले फेला पारेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्