भोलिसम्म पानी पर्ने काठमाडौं। मंगलवार साँझदेखि सुरु भएको वर्षा भोलिसम्म जारी रहने छ। मौसम विभागकाअनुसार अहिले लुम्बिनी, गण्डकी र बागमती प्रदेशको केही स्थानमा पानी परिरहेको छ।गुजरातको पूर्वबाट उत्तरतर्फ सर्दै गएको ताउतेको प्रभावले पानी परेको हो। विस्तारै न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव बढ्दै गएकाले पानी पर्नेक्रम कम हुदैजाने विभागले जनाएको छ।भोलिसम्म देशका अधिकाशं स्थानमा सामान्य पानी पर्ने देखिएको मौसमविद् सजिना शाक्यले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्