टिकटकको मुख्य कम्पनी बाइटडान्सका सीईओले पद त्यागे एजेन्सी। टिकटकको मुख्य कम्पनी बाइटडान्सका सहसंस्थापक झाङ्ग यिमिंगले सीईओको पद छोड्ने भएका छन्। कम्पनीको सीईओ पद त्यागेपनि उनी नयाँ भूमिकामा रहने बाइटडान्सले बिहीबार जनाएको छ। कम्पनीकाअनुसार झाङ्गले वर्षको अन्त्यमा कम्पनीको 'मुख्य रणनिती' पद सम्हाल्ने छन्। यिमिंगले पद छाडेसँगै बाइटान्सको नयाँ सीईओको जिम्मेबारी हाल कम्पनीमा मानव संसाधन प्रमुख अर्का सह-संस्थापक लियाङ्ग रुबोले सम्हाल्ने कम्पनीले उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्