सिंगापुरले अनलाइनमा गलत सूचना रोक्न नयाँ कानून ल्यायो
एजेन्सी।सिंगापुरले अनलाइन र विभिन्न सामाजिक सञ्जालमा आउने गलत सूचना रोक्न र यस्तो सूचना दिनेमाथि कारबाही गर्न नयाँ कानून ल्याएको छ।कोरोना भाइरको नयाँ भेरिएन्टलाई ‘सिंगापुर भेरिएन्ट’ भनेर प्रचार भएपछि सिंगापुरले नयाँ कानून ल्याएको हो।नयाँ कानूनको नाम–‘प्रोटेक्सन फ्रम अनलाई फल्सहुड्स एण्ड म्यानुपुलेसन’ रहेको छ।नयाँ कानून आएसँगै सिंगापुरको स्वास्थ्य मन्त्रालयले फेसबुक, ट्वीटर र अन्य स्थानीय सामाजिक सञ्जालमा सुधारसम्बन्धी निर्देशन जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्