इजरायलको विरोधमा हजारौं पाकिस्तानी सडकमा उत्रिए बीबीसी। पाकिस्तानको कराँची सहरमा प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधमा हजारौं मानिस सडकमा उत्रेका छन्। प्रदर्शनकारीहरुले बिभिन्न प्लेकार्ड बोकेर गाजामा इजरायली कारबाही तत्काल रोक्न र युद्धबिरामको माग गरेका छन्। विरोध प्रदर्शनमा कराँची पत्रकार संघ, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट,पाकिस्तान मेडिकल एसोसिएसन,नेशनल ट्रेड युनियन एसोसिएसन र आम सर्वसाधरण सहभागी भएका थिए। प्रदर्शनकारीले अल-अक्सा मस्जिद माथिको नियन्त्रण छोड्न इजरायललाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्