अभिनेता अल्लु अर्जुनका परिवार र कर्मचारीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी। हालैमात्र कोरोनालाई जितेर घर फर्किएका दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनका परिवार र कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन्। खोपको सम्पुर्ण ब्यवस्थापन अर्जुनले गरेका हुन्। यसअघि अर्जुनले २८ अप्रिलमा सामाजिक सञ्जालमार्फत आफुमा कोरोना संक्रमण पाइएको बताएका थिए। १५ दिनको एकान्तबासपश्चात अर्जुनको कोरोना रिर्पोट नेगेटिभ आएको थियो।
प्रतिक्रिया दिनुहोस्