सन् २०२० मा विकास र समृद्धि सार्थक विन्दुमा पुग्नेछः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० भित्र  विकास र समृद्धिका लागि बसालेको जग देखिने गरी उचाइमा उठ्ने विश्वास गरेका छन्।

जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने प्रधानमन्त्री ओलीको अपेक्षा छ।

नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राखेर जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएको बताएका छन्।

शुभकामनामा प्रधानमन्त्री ओलीले विकास र समृद्धिको जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने भन्दै सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ रहने आशा गरेका छन्।

प्रधानमन्त्री ओलीले हामीबाट भर्खरै बिदा भएको सन् २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रूपमा रहेको, यसै वर्ष अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरे।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० नेपालीका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्