बारीमा भेटियो युवतीको शव, श्रीमान र ससुरा पक्राउ काभ्रेपलाञ्चोक। चौरीदेउराली गाउँपालिका-७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको शव आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा फेला परेको छ। उनको हत्या गरी बारीमा शव गाडेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान सोनाम लामा र सोनामका बुबा चन्द्रबहादुर लामालाई नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्