उपकुलपति चाँडो नियुक्त गर्न प्राध्यापक संघको माग
<p>काठमाडौं। विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न नेपाल प्राध्यापक संघले माग गरेको छ। </p>
<p>संघका अध्यक्ष प्रा. डा. बुद्धबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले विज्ञप्ति जारी गरी लामो समयसम्म विश्वविद्यालयमा उपकुलपति लगायतका सदस्य नियुक्ति हुन नसक्दा दैनिक प्रशासन, पठनपाठन र महत्वपूर्ण काम प्रभावित भएको जनाएका छन्।</p>
<p>संघले विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उपकुलपति र पदाधिकारी नियुक्तिको माग गरेको हो। </p>
<p>सरकारले विश्वविद्यालयका लागि उपकुलपति चयनका गर्न ‘सर्च कमिटी’ गठन गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्