आज 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' (तस्वीरहरू)

काठमाडौं। आजदेखि सन् २०२० शुरू भएको छ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन आजै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइँदैछ।

विगत ६ वर्षदेखि १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो।

नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन टोपी लगाएर दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ।

जागरुक युवा अभियान नेपालको आव्हानमा काठमाडौंको माइतीघर मण्डलामा ढाका टोपीमा सजिएका युवा आज बिहानै भेला भए।

भादगाउँले र ढाका टोपीलाई नेपाली टोपी मानिएपनि विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउने गरेका छन्।

देखापढीका लागि फोटो पत्रकार गोपेन राईको क्यामेरामा कैद भएका टोपी दिवसका तस्वीरहरू:

प्रतिक्रिया दिनुहोस्