स्पेनद्वारा नेपाललाई मेडिकल सामाग्री हस्तान्तरण
काठमाडौं। स्पेनले नेपाललाई मेडिकल सामाग्री प्रदान गरेको छ।स्पेनको अन्तर्राष्ट्रिय विकास नियोगका निर्देशक म्याग्दी मारिन्ज सोलिमानले ती सामाग्री आज त्रिभुवन अन्तर्राष्ट्रिय विमावनस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्। स्पेनले १५ वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, १ लाख ४४ हजार एन्टिजेन टेक्टकिट, १ लाख ४४ हजार एफएफपीटु मास्क र ६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्