रसुवा। रसुवा-भोटेकोशी जलविद्युत् आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ।
१२० मेगावाट क्षमताको उक्त आयोजनाको १५ पुसमा गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको छ।
आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत गरी करीब २० अर्ब ३९ करोड रुपैयाँ खर्च गरिनेछ।
आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताए ।
आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
यस क्रममा चार हजार ८३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोशीको संगमस्थलमा विद्युत गृह निमार्ण गरिने छ ।
उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान जोडिनेछ।
गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गरे। रासस
" /> रसुवा। रसुवा-भोटेकोशी जलविद्युत् आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ।१२० मेगावाट क्षमताको उक्त आयोजनाको १५ पुसमा गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको छ।

">