प्रहरीद्वारा वैशाख २६ गतेयता ९ हजार ४४७ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार ४४७ वटा सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएका अक्सिजन सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति,विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखानामा राखेका सिलिन्डर प्रहरीले संकलन गरेर बुझाएको हो।
प्रतिक्रिया दिनुहोस्