ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध ताप्लेजुङ। ताप्लेजुङका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवातजावत गर्न तथा प्रवेशमा समेत पूर्णनिषेध गरिएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भइरहेका कारण अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको उनले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्