काठमाडौं ।पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ। नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढिरहेको र विदेशबाट आयातीत वस्तुको परिणाम घटिरहेको भन्सार विभागले आज प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब ६९ अर्ब रूपैयाँ थियो। तर, यस आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापारको घाटा छ दशमलव ३० प्रतिशतले घटेर पाँच खर्ब ३३ अर्ब रूपैयाँमा झरेको छ। जुन अघिल्लो आवको तुलनामा ३६ अर्बले कम हो।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को पछिल्लो पाँच महीनाको तथ्यांकअनुसार पाँच खर्ब ८१ अर्ब रूपैयाँको आयात हुँदा ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात नेपालबाट भएको छ।
अघिल्लो आर्थिक वर्षको पाँच महीनामा नेपालले छ खर्ब ६ अर्ब रूपैयाँको आयात गरेकोमा यस आवको सोही अवधिमा चार दशमलव २१ प्रतिशतले आयातमा गिरावट आएको छ ।
यस्तै, अघिल्लो आवमा ३७ अर्ब ५० करोडको निर्यात भएकोमा यस आवको सोही अवधीमा निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड पुगेको छ। गत वर्षको भन्दा १० अर्ब ११ करोडले निर्यात बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा आयात हुने वस्तुको परिमाण घट्दै गएसँगै कुल वैदेशिक व्यापार समेत घट्दै गएको छ। अघिल्लो वर्षमा ६ खर्ब ४४ खर्बको वैदेशिक व्यापार रहेको थियो। तर, यस वर्ष २ दशमलव ४२ प्रतिशतले घट्दै वैदेशिक व्यापार ६ खर्ब २८ अर्बमा सिमिति भएको छ।
पाम आयलले बढायो निर्यात
अघिल्लो आर्थिक वर्षको पाँच महिनामा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको थियो। तर, यस वर्षको पाँच महिनामा १० अर्बले बढेर ४७ अर्ब ६१ करोड पुगेको छ।
नेपालको निर्यातको तथ्याङ्क उकालो चढाउनका मुख्य भूमिका पाम आयलले निर्वाह गरेको छ। नेपालमा उत्पादन नै नहुने पाम आयल नेपाल ल्याएर पुनः विदेशमा निकासी गर्दा नेपालको निर्यात व्यापारको आकार बढेको हो।
यस अवधिमा नेपालबाट भारततर्फ ११ अर्ब ५२ करोड रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको छ। यस्तै ३ अर्ब रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ।
अघिल्लो वर्षदेखि एकाएक निर्यात बढ्न थालेको पाम आयलको निकासी यस वर्ष पनि लगातार बढीरहेको छ।
यसका साथै यस अवधिमा ३ अर्बको चिया र कफी, ३ अर्ब ३५ करोडको कार्पेट, १ अर्बको स्टील तथा फलाम, निर्यात भएको छ।
इन्धन, फलाम र स्टीलले घटायो आयात
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिने तथ्यांकमा सबैभन्दा बढी इन्धको आयात भएको देखिन्छ। तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा इन्धन आयातको आकार भने घटेको छ । जसले, सम्पूर्ण आयातको तथ्याङ्कमा नै असर गरेको छ।
यस अवधिमा ८६ अर्ब १८ करोड रुपैयाँको इन्धन आयात भएको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा ९८ अर्ब ६० करोड रुपैयाँको इन्धन आयात भएको थियो। तथ्यांक अनुसार यस अवधिमा १२ अर्ब ४२ करोडले इन्धनको आयात घटेको छ।
यस्तै, सबैभन्दा बढी आयात हुने वस्तुको दोस्रो स्थानमा रहेको फलाम तथा स्टीलको आयात पनि यस वर्ष घटेको छ। अघिल्लो वर्षको यही अवधिमा ६५ अर्ब ८२ करोडको फलाम र स्टीलको आयात भएकोमा चालु आर्थिक वर्षको पाँच महिनामा २१ अर्ब ४ करोडले घटेर ४४ अर्ब ७८ करोडमा सिमित भएको छ।
विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ३६ अर्बले नेपालको आयात घटेको छ। तर, यी दुई वस्तुको घटेको आयात रकम जोड्दा मात्रै ३३ अर्ब ४६ करोड हुँन्छ।
यस्तै, १३ अर्ब २८ करोडको तरकारीजन्य वस्तु आयात भएको छ भने ४ अर्बको चिया र कफी भित्रिएको छ। २० अर्ब २१ करोडको खाद्यान्न, १३ अर्बको फर्मास्यूटिकल्स, १० अर्बको मल, २२ अर्बको प्लास्टिकजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ।
" /> काठमाडौं ।पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ। नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढिरहेको र विदेशबाट आयातीत वस्तुको परिणाम घटिरहेको भन्सार विभागले आज प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब ६९ अर्ब रूपैयाँ थियो। तर, यस आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापारको घाटा छ दशमलव ३० प्रतिशतले घटेर पाँच खर्ब ३३ अर्ब रूपैयाँमा झरेको छ। जुन अघिल्लो आवको तुलनामा ३६ अर्बले कम हो।

">