संरक्षण अवार्ड अमलटारी होमस्टेलाई काठमाडौं। अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित 'डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१' प्राप्त गरेको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक विविधता संरक्षणमार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत १ लाख राशीको सो राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्