फेसबुकको ट्रान्सपरेन्सी रिर्पोट : २०२० को उत्तरार्द्धमा भारत सरकारद्वारा ४० हजार तीन सयजनाको विवरण माग
एजेन्सी। फेसबुकले आफ्नो ट्रान्सपरेन्सी रिर्पोटमा भारत सरकारले आफूबाट सन् २०२० को उत्तरार्द्धमा ४०,३०० प्रयोगकर्ताहरूको विवरण मागेको बताएको छ। रिर्पोटमा भारत सरकारतर्फबाट २०२०को जनवरीदेखि जुनसम्म आएको अनुरोधको तुलनामा त्यसपछिको छ महिनाको अनुरोध १३.३ प्रतिशतले वृद्धि भएको देखाएको छ। फेसबुकले भारत सरकारको अनुरोधमा जुलाइदेखि डिसेम्बरको बीचमा ८७८ सामग्रीलाई प्रतिबन्ध गरेको थियो। यसमध्ये १० सामग्रीलाई अस्थायी प्रतिबन्ध गरिएको फेसबुकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्