काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सरकारले आजबाट नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गर्दैछ।
काठमाडौंको दशरथ रङगशालामा आयोजना हुने विशेष समारोह मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको घोषणा गर्दैछिन्।
उक्त समारोहमा काठमाडौं उपत्यका आसपासका सबै नगरपालिका विशेष झाँकी सहित रङ्गशाला पुग्नेछन् । कार्यक्रम दुई दर्जनभन्दा बढी देशका विशिष्ट अतिथिहरू सहभागी हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन हुनेछ।
नेपालले आजबाट सुरू गर्न लागेको नेपाल भ्रमण वर्ष देशको विकास र आर्थिक समृद्धीको लागि कोसेढुङ्गा हुनेछ । देशको आर्थिक समृद्धीका लागि पर्यटनलाई मुख्य आधारशिलाको रूपमा मानिन्छ । नेपालका लागि यो वर्ष पर्यटन लगायत यससँग सम्बन्धीत क्षेत्रको पूर्वाधार निर्माणको आधार वर्ष पनि बन्न सक्छ।
नेपालको पर्यटन क्षेत्रको विकासमा सरकारी र निजी क्षेत्रले मन खोलेर लगानी गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस वर्ष मात्रै बैंक तथा वित्तीय संस्थाहरूले पर्यटन र होटल क्षेत्रमा एक खर्ब २३ अर्ब रूपैयाँ लगानी गरिसका छन् । अघिल्लो वर्षको यस अवधिमा यस्तो लगानी करीब ९५ अर्ब रूपैयाँको हाराहारीमा थियो।
पर्यटन वर्षले स्वदेशको पूँजी परिचालन र पर्यटन प्रवद्र्धनमा त सहयोग पुग्छ नै यो भ्रमण वर्षको सबैभन्दा महत्वपूर्ण पक्ष ठानिएको चाहीँ नेपालप्रति विदेशी पर्यटकको नजर बदल्ने सबैभन्दा उपयुक्त अवसर हो। नेपाललाई विदेशीले थोरै र सस्तो पर्यटकीय गन्तव्य भएको मुलुकको रूपमा चिन्दै आएका छन्। अहिलेसम्म बढी प्रचारमा रहेका गन्तव्यभन्दा धेरै अरू पर्यटकीय गन्तव्य छन् जहाँ विदेशी पर्यटकलाई पुर्याउन सकिएकै छैन्।
भ्रमण वर्ष २०२० मा नेपालमा सस्तो पर्यटकीय गन्तव्य पनि छन र प्रशस्त खर्च गरेर लक्जरी अनुभव गर्न सकिने रोमाञ्चक गन्तव्य पनि उत्तिकै छन् भन्ने सन्देश दिन उपयुक्त मौका हो । साहसिक पर्यटन, ट्रेकिङ रूट, पर्वतारोहण आदी क्षेत्रमा संसारकै उत्कृष्ट गन्तव्य नेपालमा छन्, जसको गतिलो प्रचारप्रसार हुन सकिरहेको थिएन। यी गन्तव्यहरूमा विदेशी पर्यटकको नजर पुर्याउन सकेमा आगामी वर्षमा नेपालको पर्यटन क्षेत्रको प्रचारमा त्यति ठूलो मेहनत गरिरहनै पर्दैन।
" /> काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सरकारले आजबाट नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गर्दैछ।काठमाडौंको दशरथ रङगशालामा आयोजना हुने विशेष समारोह मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको घोषणा गर्दैछिन्।

">