तिब्बतद्वारा नेपाललाई थप सहयोगको घोषणा काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। तिब्बतले २ सय आइसीयू बेड, ५ वटा भेन्टिलेटर्स,१० वटा अक्सिजन कन्सन्ट्रेटर्स, ८ सय वटा अक्सिजनसहितको सिलिन्डर र १५ हजार एन्टीजेन किट्स पठाउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तिब्बतले हिजो मात्र नेपाललाई १५० वटा लिक्‍विड अक्सिजन सिलिन्डर प्रदान गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्