काडमाडौं उपत्यकामा १ हजार ७०३ सवारी साधनलाई नियन्त्राणमा लिइयो काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ७०३ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकामा १ हजार २७ वटा दुई पाङग्रे, ५०६ वटा चारपाङ्ग्रे र १७० ओटा अन्य सवारी साधन रहेको प्रहरीले जनाएको छ।निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्