जनकपुर अस्पताल निरीक्षणमा पुगे मुख्यमन्त्री राउत
धनुषा। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित प्रादेशिक अस्पताल निरीक्षण गरेका छन्।

मुख्यमन्त्रीको साथमा पुगेको अस्पताल निरीक्षण टोलीमा विभागीय मन्त्री, सचिवसमेतको सहभागिता थियो।

अस्पतालमा उपचाररत् बिरामीहरूसँग अस्पतालको सेवाबारे कुराकानी गरे।

मुख्यमन्त्री राउतले अस्पतालको सेवा सुविधा, सरसफाईबारे चासो राखेका छन्।

अस्पताल प्रशासनलाई नमूना अस्पताल बनाउन कार्य योजना तयार पार्न उनले निर्देशन दिए ।

जनकपुर अस्पताल प्रदेशकै गौरव रहेको भन्दै मुख्यमन्त्री राउतले सरकारी अस्पतालमाथि नागरीकको विश्वास बढ्ने कार्य गर्न निर्देशन दिएका छन्।

उनले भने,“नमूना अस्पताल बनाउन तत्कालिक, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुस्। प्रदेश सरकार त्यसमा सहयोग गर्न तयार छ।”

प्रदेश सरकारले प्रादेशिक अस्पताललाई प्राधिकरणमा लैजाने गृहकार्य भइरहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले उपचार सेवालाई गुणस्तरीय र विश्वासिलो बनाउन जोड दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्