युद्धबिरामलाई हमासले भन्यो– जित, नेतन्याहू दक्षिणपन्थी सांसदको घेरामा एजेन्सी। एघारदिन लामो संघर्षपछि इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धबिराम भएको छ। युद्धबिरामलाई हमासले आफ्नो जित भएको बताएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू युद्धबिरामका कारण दक्षिणपन्थी पार्टी र नेताहरुबाट घेरिन पुगेका छन्। दक्षिणपन्थी सांसदहरुले युद्धबिरामप्रति असन्तुष्टी जनाएका छन्। दक्षिणपन्थी नेता गिडीओन सआरले युद्धबिरामले इजरायलको संकल्पमा नराम्रो असर गर्ने बताएका छन्। युद्धबिरामले हमासलाई बलियो र शक्ति संचय गर्न सघाउने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्