कोभिडबारे गलत सूचना : फेसबुकले हटायो १.१ लाख पोस्ट एजेन्सी। कोरोनासम्बन्धी गलत सूचना राखेको भन्दै फेसबुकले अस्ट्रेलियालीहरूले राखेको एक लाख १० हजार पोस्ट हटाएको छ। फेब्रुवरीमा सामाजिक सञ्जाल कम्पनीहरूले अनलाइनमा गलत सूचनाविरुद्ध लड्नेबारे सम्झौता गरेसँगै यस्तो कदम चालिएको फेसबुकले जनाएको हो। यसअघि गत वर्ष मार्चदेखि डिसेम्बरबीच फेसबुकले कोरोनासँग सम्बन्धित एक करोड ४० लाख गलत सूचना हटाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्