काठमाडौं । ‘भ्रमण वर्ष २०२०’ को सन्दर्भ पारेर नेपालको पर्यटन तथा होटल क्षेत्रमा लगानी निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, गत कात्तिक महिनासम्ममा नेपालको पर्यटन क्षेत्र बैंक तथा वित्तीय संस्थाले एक खर्ब २३ अर्ब रूपैयाँ लगानी गरेका छन् । उक्त लगानीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरू हुन लागेको पर्यटन वर्षको शुभारम्भसम्म आइपुग्दा नेपालमा तारे होटल र अन्य पर्यटकीय होटलको संख्या एक हजार १२४ पुगेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । यी सबै होटलमा गरेर ४० हजार ८५६ बेड छन् ।
पर्यटन वर्षलाई लक्षित गरेर केही तारे होटल सञ्चालनमा आइसकेका छन् । काठमाडौंको नक्सालमा मेरियट, ठमेलमा अलफ्ट, भिभान्त, भैरहवामा बोधी रेडसन, नेपालगञ्जमा सोल्टी वेस्टइन्ड प्रिमियर जस्ता होटल सञ्चालनमा आएका छन् ।
काठमाडौंमै होटल अकामा सञ्चालनमा आएको छ । आन्तरिक विवादका कारण लामो समयसम्म बन्द रहेको पाँच तारे होटल एभरेष्ट पनि यसै वर्षदेखि सञ्चालनमा आएको छ ।
संयुक्त आवासीय प्रयोजनका लागि बनेका कतिपय अपार्टमेन्टहरू अहिले धमाधम होटलमा परिणत भइरहेका छन् । नयाँ खुल्न लागेका होटलमा नेपालमा ठूला व्यवसायीक घरानादेखि विदेशी ब्राण्डसम्मको लगानी छ।
नेपालको प्रतिष्ठित व्यवसायीक घराना मानिसएको गोल्यान समूहले काठमाडौंको सोल्टीमा पाँच तारे सुविधाको ‘होटल ह्यात प्लेस’ यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। जसमा एक सय ५६ वटा सुविधायुक्त कोठा रहने बताइएको छ। काठमाडौंको ठमेलमा गैरआवासीय नेपाली शेष घलेले काठमाडौं सेराटन निर्माण गरिरहेका छन् ।
२०२० मा सरकारले नेपालमा २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ। यस्तै, २०२० देखि २०३० सम्मको १० वर्षे अवधिलाई भ्रमण दशकको रूपमा घोषणा गरेर पूर्वाधार निर्माणमा अग्रसरता देखाउने योजना सरकारले बनाइसकेको छ।
" /> काठमाडौं । ‘भ्रमण वर्ष २०२०’ को सन्दर्भ पारेर नेपालको पर्यटन तथा होटल क्षेत्रमा लगानी निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, गत कात्तिक महिनासम्ममा नेपालको पर्यटन क्षेत्र बैंक तथा वित्तीय संस्थाले एक खर्ब २३ अर्ब रूपैयाँ लगानी गरेका छन् । उक्त लगानीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरू हुन लागेको पर्यटन वर्षको शुभारम्भसम्म आइपुग्दा नेपालमा तारे होटल र अन्य पर्यटकीय होटलको संख्या एक हजार १२४ पुगेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । यी सबै होटलमा गरेर ४० हजार ८५६ बेड छन् ।

">