प्रहरीको सक्रियतामा ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीले वैशाख २६ गतेयता हालसम्म कूल ९ हजार ७६४ वटा सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएको सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। अहिलेको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराउन प्रहरीले अनुरोधसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्