काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधनले व्यवसायीले उठाउँदै आएको माग सम्बोधन भएको बताएको छ।
सरकारले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेपछि खुशी हुँदै महासंघले त्यसलाई सकरात्मक भएको बताएको हो। आज आयोजित पत्रकार सम्मेलनमा म्याद सकिएर विभिन्न कारणले अलपत्र परेका आयोजना निर्माणमा सम्पन्न गर्न एक वर्षको समय दिइनु सकरात्मक भएको बताएको छ।
महासंघका अध्यक्ष रवि सिंहले म्याद थप सम्बन्धी पछिल्लो प्रावधानको उपयोग गर्दै तत्काल आ–आफ्ना परियोजना सम्पन्न गर्नका लागि अहोरात्र खटिन महासंघले मातहतका निकायहरुलाई निर्देशन दिएको बताए।
उनले एक वर्ष भित्र सकिने काम भएपनि विभिन्न कारणले केही आयोजनाहरू समयमा सम्पन्न हनु नसक्ने जानकारी गराए।
नवौं संशोधनले पूर्वाधारप्रति नेपाल सरकारको प्रतिबद्धता देखिएको भन्दै महासंघले सरकारलाई धन्यवाद भनेको छ। नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई मूर्त रूप दिन महासंघ प्रतिबद्ध रहेको बताइएको छ।
नवौं संशोधन व्यवसायीमैत्री रहेको भन्दै महासंघले आफ्ना प्रतिबद्धताहरू समेत सार्वजनिक गरेको छ ।
प्रतिबद्धता अनुरूप महासंघ अन्तर्गत रहेका सात वटै प्रदेश महासंघ, ७७ वटा जिल्ला संघ र एशोसिएट सदस्यहरू समेत गरी करीब १५ हजार निर्माण व्यवसायी सदस्यहरूलाई यथाशीघ्र काम शुरूआत गरी समयभित्र सम्पन्न गर्न सर्कुलर जारी गरिने महासंघले जनाएको छ।