विराटनगर। नेपाल भ्रमण वर्ष-२०२० को शुभारम्भ गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई सुन्दर पर्यटकस्थल बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
उनले पर्यटन क्षेत्रबाट ग्रार्हस्थ उत्पादन अगामी दिनमा १.५ प्रतिशतबाट ५ प्रतिशत बनाउने भन्दै यस क्षेत्रको समग्र विकास गरी गरीबी निवारण र रोजगारी सिर्जना गरिने बताए।
प्रदेश नं. १ मा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले यसको पूर्वाधार विकासमा लागि परेको जानकारी दिँदै उनले पर्यटन क्षेत्रको विकास गरी यस क्षेत्रमा आगामी दिनमा ३२ हजार रोजगारी सिर्जना हुने दाबी गरे। अध्ययन र अनुसन्धानका लागि यो प्रदेश निकै महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकास गरी समृद्धिको आधार तयार हुने धारणा राखे।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन नसकेको भन्दै अब पछिल्लो राजनीतिक परिवर्तनले यी सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटकस्थलको रूपमा विकास गर्ने बताए।
उनले पर्यटक मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन नसक्ने भन्दै प्रदेश नं. १ भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान बनाएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएको उल्लेख गरे।
नेपालमा भ्रमण वर्षको शुरूआत सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ। नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा मनाउन २९ साउन २०७४ मा घोषणा गरेको थियो।
सरकारले छनोट गरेको १०० गन्तव्यस्थानमा प्रदेश नं. १ मा १६ स्थान रहेका छन्। यी सबै स्थानको विकास विस्तर एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले एक अर्ब ५१ करोड रूपैयाँ विनियोजन गरेको छ। रासस