काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को मस्कट अनावरण गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी छन्।
आज दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा सहभागी भई राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेकी हुन्।
सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित भ्रमण वर्षको सुरुवात गरिएको छ। भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोध गर्दै राष्ट्रपति भण्डारीले नाफा आर्जन र व्यवसाय अभिवृद्धी गर्ने सोचले मात्रै नभई विश्वमा मानवता, भातृत्व र शान्तिको सन्देश उजागर गर्ने उद्देश्यले भ्रमण वर्षको शुरूआत गरिएको बताइन् ।
सम्बोधनको क्रममा उनले भनिन्, “हामीले पर्यटन ल्याउने योजना बनाएर नेपालमा पर्यटक आउन थालेका होइनन्। पर्यटक आउन थालेपछि उनीहरूको सेवा सुविधामा ध्यान दिन थालेका हौ।”
भ्रमण वर्ष २०२० ले दीगो विकासका लक्ष्य हासिल गर्न ठूलो योगदा पुर्याउने अपेक्षा राखिएको उनले बताइन्। “प्रकृृतिलाई विगारेर होइन, मासेर होइन, सिंगारेर पर्यटन क्षेत्रको विकास र प्रयोग गर्न सक्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन, “संसारकै उत्कृष्ट गन्तव्य सगरमाथादेखि लुम्बनीसम्म पर्यटकले अत्यन्त चासोका साथ घुम्न रुचाउने पर्यटकीय स्थल नेपालमा छन्। हिमाल पहाड, नदी नाला, ताल तलैया र साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको छ। हामीले त्यसको प्रवद्र्धन गर्न सक्नुपर्छ ।”
नेपाल सबै खालका पर्यटकहरूका लागि आकर्षक गन्तव्य रहेको भन्दै राष्ट्रपतिले अतिथिलाई देवता समान मान्ने नेपालीको असल संस्कृतिलाई जोगाइराख्नु पर्ने बताइन्।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को मस्कट अनावरण गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी छन्।आज दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा सहभागी भई राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेकी हुन्।

">