करेन्ट लागेर एक जनाको मृत्यु
राजविराज। सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दियाका सन्तोष यादवकी २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी उनको रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्