भारतको ‘मिसन भ्याक्सिन’, विदेशमन्त्री अमेरिका जाँदै
एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर सोमबार पाँच दिनका लागि अमेरिका जाने भएका छन्। त्यहाँ उनले अमेरिकी कम्पनीहरुसँग कोरोनाविरुद्धको भ्याक्सिन खरिद र संयुक्त उत्पादनबारे कुराकानी गर्नेछन्। अमेरिकामा उनले आर्थिकका साथै क्षेत्रीय सम्बन्धबारे पनि नेताहरुसँग कुराकानी गर्नेछन्, तर मुख्य ध्येय भने ‘मिसन भ्याक्सिन’ नै हुने विदेश मन्त्रालयले बताएको छ। जयशंकरले अमेरिकासँग भारतका साथै छिमेकीका लागि पनि भ्याक्सिन दिलाउन अनुरोध गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्