इजरायलको अस्तित्व स्वीकार गर्नुपर्छ : वाइडेन
एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेनले इजरायलमाथि आफ्नो दृष्टि र प्रतिबद्धतामा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘अमेरिकाको डेमोक्रेटिक पार्टीको समर्थन अहिले पनि इजरायलमाथि नै छ।’ राष्ट्रपति वाइडेनले शुक्रबार दक्षिण कोरियाका समकक्षी मुन जे इनसँगको प्रेस वार्तामा यस्तो धारणा राखेका हुन्। उनले थपे, ‘मध्यपूर्वमा इजरायल एक स्वतन्त्र यहुदी राष्ट्र हो, उसको अस्तित्व हामीले स्वीकार गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्