अमेरिकामा संसद् भवन सुरक्षालाई १.९ अर्ब डलर
एजेन्सी। अमेरिकामा त्यहाँको संसद् भवन(प्रतिनिधिसभा)को सुरक्षाका लागि १.९ अर्ब डलर बजेट स्वीकृत भएको छ। जनवरी ६ का दिन संसद् भवनमा हमला भएपछि त्यसको सुरक्षा गर्न उक्त रकम स्वीकृत भएको हो। अमेरिकी सदनको बहुमतले उक्त बजेट स्वीकृत गरेको हो। सदनले हमलाको जाँचका लागि आयोग गठन गर्न पनि स्वीकृति दिएको छ। रिपब्लिकनले भने जाँचका साथै बजेटको समेत विरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्