काठमाडौं। काभ्रेको नमोबुद्ध नगरपालिका–८, दाप्चा तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठको विषयमा गाउँमा चर्चा चल्ने गर्थ्यो– ‘बुढासँग पुरानो पैसा (रूपैयाँ) छ। त्यो हात पर्यो भने त मालामाल भइन्छ।’
धेरैलाई चासो थियो– उनीसँग भएको पुरानो पैसा कस्तो होला?
एककान, दुईकान, मैदान गर्दै यो हल्ला गाउँभरी फैलियो। उनीसँग पुरानो पैसा थियो/थिएन, भएको भए कहाँ राखेका थिए? यो रहस्यको पर्दा सायदै अब उघारिनेछ।
तर, यही हल्ला श्यामकृष्ण दम्पतीको हत्याको कारण बन्यो।
श्यामकृष्ण र उनकी पत्नी रुकुमाया श्रेष्ठको गएको १९ कात्तिक राति घरमै विभत्स हत्या भयो। हत्याको कारण नै त्यही ‘पैसाको हल्ला’ भएको प्रहरी बताउँछ।
लामो समयको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हत्याका आरोपी पक्राउ गरेको छ। सीआईबीको एक नम्बर पिल्लरका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले १५ पुसमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको दूधौली नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२५, भैंसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर र चौदण्डिगढी नगरपालिका–१०, उदयपुर घर भई हाल काठमाडौं महानगरपालिका–७, सरस्वतीनगर चाबहिल बस्ने २४ वर्षीय सुमन राई रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आफ्नो ‘अपराध’ स्वीकार गरिसकेका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ‘सबूत प्रमाण’ पनि बरामद गरिसकेको छ। पक्राउ परेकामध्ये सुमन राई लागूऔषध प्रयोगकर्तासमेत रहेको प्रहरीले जनाएको छ।
अर्काे विडम्बना! हत्यामा संलग्न भनिएका किरण र सुमनले नै श्रेष्ठ दम्पतीको घर निर्माणमा मजदुरी गरेका थिए। उनीहरूले भूकम्पले क्षति पुर्याएको श्रेष्ठको घर निर्माणको काम गरेका थिए। दुःखको कुरा, जसले घर निर्माण गरिदिए, उनीहरूले नै श्रेष्ठ दम्पतीको ‘घर उजाड’ बनाइदिए।
घर निर्माणको क्रममा मगर र राईले पनि हल्ला सुने– श्रेष्ठको घरमा पुरानो पैसा छ। त्यसपछि उनीहरूले हत्याको योजना बनाएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार दशैंसम्म घर निर्माणको काम गरेर किरण र सुमन त्यहाँबाट काठमाडौं फर्किए। किरणको कोठामा बसेर हत्याको योजना बनाए। त्यसपछि उनीहरू १९ कात्तिकमा दाप्चा, तल्लो हटिया पुगेर श्रेष्ठ दम्पतीको हत्या गरे।
श्रेष्ठ दम्पतीका छोरा–बुहारी काठमाडौंमा बस्थे। नजिकै अरुको घर थिएन। घरमा उनीहरू एक्लै बस्ने हुनाले ‘हत्यारा’लाई योजनाअनुसार काम गर्न सजिलो भएको प्रहरी बताउँछ।
पक्राउ परेका दुवै जनालाई सीआईबीले आज जिल्ला प्रहरी काभ्रेको जिम्मा लगाएको छ। काभ्रे जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी आरोपी दुवैलाई हिरासतमा राखेको काभ्रे प्रहरी प्रमुख, एसपी रवीकुरमा पौड्यालले देखापढीलाई जानकारी दिए। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी पौड्यालले बताए।
किरण र सुमनलाई पक्राउ गर्न निकै मिहिनेत लागेको सीआईबीका डीएसपी हरिबहादुर बस्नेत बताउँछन्। उनका अनुसार झण्डै दुई महीनाको अनुसन्धानपछि आरोपीलाई पक्राउ गरिएको हो।
डीएसपी बस्नेतले श्रेष्ठ दम्पतीको हत्या गर्ने पूर्वयोजना अनुसार किरण र सुमन १९ कात्तिक दिउँसो दुई बजे काठमाडौंबाट काभ्रेका लागि गाडी चढेको अनुसन्धानबाट खुलेको बताए। उनीहरू साँझ पाँच बजे भकुण्डेवेशी पुगे। त्यहाँ मदिरा सेवन गरेर उनीहरू राति नौ बजे श्यामकृष्णको घरमा पुगे।
जतिबेला श्रेष्ठ दम्पती घरको माथिल्लो तलामा सुतिसकेका थिए। “घरमा झ्याल, ढोका कहाँ छ भन्ने सबै थाहा पाएका उनीहरू झ्यालबाट भित्र पसेर श्रेष्ठ दम्पतीलाई ब्युँझाएको देखिन्छ”, डीएसपी बस्नेतले भने, “घरको भूइँतलामा मदिरासहितको किराना पसल गर्ने श्रेष्ठ उठेर भूइँतलामा आए। रुकुमाया कोठामै सुतिरहिन्। भूइँतलामा श्रेष्ठले किरण र सुमनका लागि चाउचाउ पकाए। तीनैजना बसेर चाउचाउ, बियर र घरेलु मदिरा खाएको देखिन्छ।”
डीएसपी बस्नेतका अनुसार त्यसपछि सबैजना सुत्न गए। श्यामकृष्णले किरण र सुमनलाई पाहुना मान्दै आफूहरू सुतेको अर्काेपट्टीको कोठामा ओच्छ्यान लगाइदिए। तर, राति १२ बजेपछि किरण र समुन श्रेष्ठ दम्पतीको हत्या गर्ने योजनाले उनीहरू सुतेको कोठामा प्रवेश गरे। तर, त्यतिबेला श्यामकृष्ण निदाएका थिएनन्। उनीहरू कोठामा प्रवेश गरेपछि उनले सोधे, ‘के भयो? किन आएको फेरि?’
किरण र सुमनले चिसोले निद्रा नलागेको, फेरि बियर खाने भनेपछि श्यामकृष्ण उनीहरूसँगै भुइँतलामा झरे। जतिबेला रातको एक बज्नै आँटेको थियो। भूइँतलामा तीनैजनाले फेरि चाउचाउ र मदिरा खान थाले। तर, त्यतिबेलै सुमनले श्यामकृष्णलाई अँठ्याए, डोरीले घाँटी बाँध्न खोजे। श्यामकृष्ण प्रतिकारमा उत्रिए।
डीएसपी बस्नेतका अनुसार अहिले पनि सुमनको घाँटीमा श्यामकृष्णले प्रतिकार गर्दाको चोट यथावत् छ।
जब सुमनले डोरीले घाँटी बाँधे, त्यसपछि किरणले खुर्पाले अन्धाधुन्द प्रहार गरे।
“भूइँतलामा अस्वभाविक आवाज सुनेपछि ब्युँझिएकी रुकुमाया पनि त्यहाँ पुगिन्। रुकुमायालाई पनि डोरीले बाँधेर अन्धाधुन्द खुर्पा प्रहार गरिएको रहेछ, त्यसपछि सुमनले ब्लेडले दुवैजनाको घाँटी रेटिदिएका रहेछन्”, डीएसपी बस्नेतले भने।
उनका अनुसार श्रेष्ठ दम्पतीको शरीरमा १६÷१७ ठाउँ खुर्पा प्रहार गरेको देखिन्थ्यो।
श्रेष्ठ दम्पतीको हत्या गरेर कोठामा पुगेका किरण र सुमनले दुईवटा ‘थैली’ लिएर त्यहाँबाट भागे। श्रेष्ठको घरभन्दा तलको ढुंगेधारामा पुगेर रगत पखाले। अलि तलपट्टी रहेको एकजनाको घरमा गएर आगो तापे। थैली खोलेर हेर्दा ‘राजा’को फोटो भएको दुई हजार रूपैयाँको खुद्रा भेटे। उनीहरूले सोचेजस्तो ‘पुरानो पैसा’ थिएन। त्यसपछि त्यो पैसालाई त्यही घर नजिकै माटोमा पुरे। त्यहाँबाट फर्केका किरण र सुमनले बाटोमा रगत लागेको कपडा र झोला फाले।
“भोलिपल्ट बिहान किरण र सुमन काठमाडौं फर्किएका रहेछन्। भकुण्डेवेशीबाट बनेपासम्म एउटा गाडी र बनेपाबाट काठमाडौं अर्काे गाडीमा फर्किएको देखिन्छ”, डीएसपी बस्नेतले भने।
डीएसपी बस्नेतले देखापढीलाई बताए अनुसार श्रेष्ठ दम्पतीको हत्या गरेर किरण र सुमन भैंसेपाटीस्थित् किरणको कोठामा पुगे। सुमन दुई दिन किरणको कोठामा बसे। त्यसपछि उनी भागेर कोलकत्ता पुगे। किरण यतै बसे। सुमन केही दिन पहिले कोलकत्ताबाट फर्किए। घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको सीआईबीले अन्ततः किरण र सुमनलाई पक्राउ गर्न सफल भयो।
“हामीले सबूत प्रमाणसहित उनीहरूलाई काभ्रे प्रहरीको जिम्मा लगाएका छौं, उसैले मुद्दाको बाँकी काम अघि बढाउँछ”, डीएसपी बस्नेतले भने, “हामीले पनि थप अनुसन्धान गरिरहेका छौं।”