पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफको सम्पत्ति लिलाम एजेन्सी। पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वामित्वको ११ एकड जमीन लिलाम गरिएको छ। उनको जमिन ११.२ करोड रुपैयाँमा लिलामी गरिएको हो। सरिफमाथि भ्रष्टाचार लगायतका आरोप लागेको छ। लिलाम भएको जमीन लाहोर सहरबाट ८० किलोमिटर टाढा छ। सरिफको जमिनमा आफ्नो अधिकार रहेको जनाउन ६ जना उपस्थित रहेको अदालतले बताएको छ। उनीमाथि सरकारले विभिन्न आरोपहरु लगाउँदै गर्दा लन्डन गएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्