सीमा विवादः सर्वोच्चले माग्यो पुराना दस्ताबेज
काठमाडौं। सर्वोच्च अदालतले नेपाल र भारतबीच भएका सन्धिलगायत नक्साका पुराना दस्ताबेज उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सुगौली सन्धि, नेपाल–भारत सीमा सन्धिका बेला बनेको नेपालको आधिकारिक नक्सासहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको हो।

भारतले नेपालको सिमाना मिचेको सम्बन्धमा वरिष्ष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीसमेतले दायर गरेको रिट निवेदनमाथि १४ पुसमा भएको पहिलो सुनुवाइपछि १६ पुसमा यस्तो आदेश भएको आजको नागरिक दैनिकमा समाचार छ।

सर्वोच्चको आदेशपछि सरकारले सुगौली सन्धिको प्रतिलिपि, ब्रिटिस–इन्डियासँगको विवरण, नेपालको आधिकारिक नक्सालगायत समेटेर लिखित जवाफ पेस गर्नुपर्ने भएको छ।

नेपालको आधिकारिक नक्सा भए नक्सा बनाउँदाकाो ऐतिहासिक पृष्ठभूमिसमेत उल्लेख गरी पेस गर्न आदेशमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्