निषेधाज्ञामा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र दैलेख। पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजारखण्डको १० किलोमिटर सडकको काम तीब्र पारिएको छ। दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन्। लोहोरे–दैलेख १० किलोमिटर सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्