पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन पाँच करोडभन्दा बढी कर
झापा। पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौदेखि कर तिरेको छैन।

दमक नगरपालिका–४ र ९ को ५७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय-महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख रूपैयाँ कर बक्यौता छ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीमा रही यो बगानलाई पनि एकीकृत सम्पति कर लागू भएको थियो। तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ।

चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ।

हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन्।

जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि रहेको छ।

यो दरबारमा पूर्वराजा प्रत्येक वर्ष आउने गर्छन्। ९ पुसमा पनि उनी बगान आएको नयाँ पत्रिका दैनिकमा समाचार छ।

टी गार्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ तर उठाउन सकेको छैन।

“हामीले पटक–पटक ताकेता गरेका छौं, धेरैपटक पत्र काटेका छौं” मेयर रोमनाथ ओली भन्छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्