इजरायल-प्यालेस्टाइन द्वन्द्व : युद्धविरामपछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता बीबीसी। इजरायली र प्यालेस्टिनी सेनाबीच युद्धविराम भएको केही घन्टापछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता पुगेको छ। हजारौँको सङ्ख्यामा प्यालेन्टिनीहरू गाजामा क्षतिग्रस्त घरमा फर्केपछि विश्व स्वास्थ्य संगठनले तुरन्त घाइतेको उद्धार र मानवीय सहायताको माग गरेको हो। गाजामा ११ दिनको युद्धमा २५० भन्दा बढीले ज्यान गुमाएका छन्। दुवै पक्षले आफ्नो जित भएको दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्