बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु झापा। झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमा शान्तिदेवी ताजपुरियाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।यवैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुलाबेहुलीसहित पूरै परिवारमा कोरोना सङ्क्रमण देखिएको थियो।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्