सुनसरीका पत्रकार याम प्रधानको निधन

इटहरी। सुनसरीका पत्रकार याम प्रधानको निधन भएको छ।

पछिल्लो समय राष्‍ट्रिय समाचार समितिको इटहरी समाचारादताका रूपमा कार्यरत् ५२ वर्षीय प्रधान मिर्गौला रोगबाट पीडित थिए।

सुनसरीका पुराना पत्रकार प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापतिसमेत हुन्।

प्रधान महासंघको प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट सम्मानित भएका थिए।

प्रधानको निधनले पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए।

प्रधानको निधनमा नेपाल पत्रकार पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनलगायतले दुःख प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

आज बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको अन्तिम संस्कार हुँदैछ। प्रधानका एक छोरी र श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्