खोटाङ र मनाङमा छैन निषेधाज्ञा काठमाडौं। कोभिड-१९ को महामारी हुँदा पनि खोटाङ र मनाङ जिल्लामा निषेद्याज्ञा जारी गरिएको छैन।सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउदै निषेद्याज्ञा जारी नगरको खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।खोटाङमा हालसम्म ३३२ सङ्क्रमित पुगेका छन्। त्यस्तै मनाङमा पनि स्वअनुशासन र स्वआइसोलेसनलाई जोड दिँदै नियन्त्रण प्रयास जारी राखेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।मनाङमा ६३ जना सङ्क्रमित फेला परेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्