हत्या अभियोगमा बालकलाई जन्मकैदको फैसला
सिन्धुली। सिन्धुली जिल्ला अदालतले हत्या अभियोगमा एक १५ वर्षीय बालकलाई जन्मकैदको फैसला सुनाएको छ।

मरिण गाउँपालिका-१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न ती बालकलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो।

उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महीना सात दिन कैद हुने फैसला अदालतले गरेको छ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले उक्त फैसला गरेको हो।

यौनप्रस्ताव राख्दा अस्वीकार गरेपछि बालकले २ असोजमा ती १३ वर्षीय बालिकाको हत्या गरेका थिए।

हत्या आरोपमा बालकलाई ४ असोजमा प्रहरीले पक्राउ गरेको थियो।

१० असोजमा अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो।

बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृहमै रहने र त्यसपछि कैद भुक्तानका लागि कारागार पठाइने छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्