तमोर करिडोर निर्माण कार्य स्थगित रासस। दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको निर्माणकार्य ताप्लेजुङको इलाडाँडा पुगेर स्थगित भएको छ। लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले निर्माणकार्य स्थगित भएको हो। चीनतर्फ सडक सञ्जाल जोडिन चार किमीमात्रै बाँकी छ। तमोर करिडरले नेपाललाई चीन र भारतसँग जोड्ने छ। असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहे पनि कोरोनाका कारण काम अघि बढ्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्