राजधानीमै श्रीमानको कुटपिटबाट ५२ वर्षीया महिलाको हत्या काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोक डेरा गरी बस्ने ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट शनिबारराति मृत्यु भएको छ। डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पाबीच वादविवाद हुँदा श्रेत्रले कुटपिट गर्दा डोमा घाइते भएकी थिईन्। उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पति क्षेत्रलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्